IME Life New

नेपाल टेलिकमले शुरु गर्यो सिधैं कल ट्रान्सफर गर्ने सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल टेलिकमले एउटा नम्बरमा आउने कल सीधै अर्को नम्बरमा ट्रान्सफर गर्ने (डाइरेक्ट कल ट्रान्सफर) सुविधा सुरू गरेको छ। नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरू अर्को मोबाइल नम्बर, सीडीएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिने टेलिकमले जनाएको छ।

“सबै आगमन कललाई सीधै, फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सक्छन्। यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरू नछुटाई अर्को फोनमा उठाउन सकिन्छ”, विज्ञप्तिमा उल्लेख छ।

Esewa
Crest

ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्करूपमा यो सेवा सुरू गराउन सक्ने तथा सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी डाइरेक्ट ट्रान्सफर हुने व्यवस्था मिलाउन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, कल ट्रान्सफर वा अन्य प्रयोजनका लागि प्रयोग हुने लक कोड ग्राहक आफैंले परिवर्तन गर्न सक्छन्।

कल गरिएको नम्बर व्यस्त भएमा ‘बिजी ट्रान्सफर’ अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा ‘नो एन्सर ट्रान्सफर’मा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ट्रान्सफर हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS