काठमाडौं । टेलिभिजन सेवा प्रदायक संस्था डिसहोमले प्राथमिक शेयर (आईपिओ) जारी गर्ने भएको छ । डिसहोमले २३ लाख ८५ हजार ९२९ कित्ता शेयर आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । डिसहोमले भर्खरै मात्र आईपिओ जारी गर्ने प्रक्रियया सुरु गरेकाले समय भने केही महिना लाग्ने सक्ने जनाइएको छ ।
डिस होमले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आईपिओ जारी गर्नको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेर धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले गत असार ३० गते बोर्डमा आवेदन दर्ता गराएको छ ।