IME Life New

भोलिदेखि अनलाईन र भर्चुअल कक्षा बन्द गर्ने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्याब्सन र एन प्याब्सनले भोली बिहीबारदेखि पठन पाठनको सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । आफूहरुको माग पुरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भिर नबनेको आरोप लगाउँदै निजी स्कुल सञ्चालकले बिहीबार (साउन १ गते) देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेको बताएको छ । दुई संगठनको सयुंक्त बैठकले पठन पाठना ठप्प पार्ने निर्णय गरेको हो ।

सरकारले निजी विद्यालयको विषयमा कुनै निर्णय गर्न नसकेपछि ठप्प पार्ने निर्णय गरेको दुई संस्थाका अधिकारीले जनाएका छन् । उनीहरुले असार १ गतेबाट औपचारिक रुपमा सञ्चालन गरेका अनलाईन र टेलिभिजनबाट सञ्चालन भैरहेको भर्चुअल कक्षा ठप्प पार्ने निर्णय गरेको बताएको छ ।

Esewa
Crest

उनीहरुले तत्काल पढाई सञ्चालन गर्न नसके पनि साउन १ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थीको रजिष्ट्रेसन गर्ने लगायतका प्रशासनिक काम गर्न पाउनुपर्ने माग सरकार समक्ष राखेका थिए। साथै कोभिड-१९ का कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने तथा अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर विद्यार्थीबाट निश्चित शुल्क उठाउन पाउनुपर्ने माग पनि उनीहरुको थियो।

कोरोनाका कारण निजी स्कुलहरुमा चरम आर्थिक संकटमा परेको उनीहरुको गुनासो छ। शैक्षिक गतिविधि सञ्चालन गर्न नपाउँदा शिक्षक कर्मचारीलाई तलब खुवाउन नसकेको, ऋणको ब्याज तथा किस्ता तिर्न नसकेको, घर भाडा तिर्न नसकेको लगायतका समस्या आफूहरुले बेहोर्नु परेको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए।

निजी विद्यालयहरु केहिले गत वैशाखदेखि नै र केहीले असार १ गतेदेखि अनलाईनबाट पढाइ सञ्चालन गरिरहेका छन्। प्याब्सन र एनप्याब्सनकै नेतृत्वमा टेलिभिजन र एफएमबाट पढाई सञ्चालन गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS