काठमाडौं । चितवनको भरपुरस्थित सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभरको अर्थात चार महिनाको भाडा छुट दिने भएको छ । व्यवसायी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको जनाएको छ ।
चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहतहोस् भनेर भाडा छुटको लागि दिएको निर्देशनसंगै चार महिनाको छुट गरेको कम्प्लेक्सले जानकारी दिएको छ ।
सिजी ल्यान्डमार्क सांसद चौधरी अध्यक्ष रहेको सिजी ग्रुप ग्लोबल अन्तर्गतको व्यापारिक कम्प्लेक्स हो । उद्योग व्यवसायमा मात्रै सीमित नभएर मुलुकको सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानमा समेत अतुलनीय योगदान गर्दै आएका चौधरीले लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भनेर भाडा छुट दिएको जनाएका छन् ।