Connect IPS
IME Life

नक्कली भारतीय रुपैयाँको कारोवारमा संलग्न व्यक्ति पक्राउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले एक लाख ४४ हजार भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा कनकाइ नगरपालिका–३ सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाइ नगरपालिका–४ का २९ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका–५ निवासी २४ वर्षीय एराजुल हक रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिएका छन् ।

Prabhu
Crest

उनीहरुलाई शनिबार राति कनकाइ नगरपालिका–३ बाट पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । प्रहरीले बरामद गरेका नोट पाँच सय रुपैयाँका रहेका छन् ।

श्रेष्ठका घरबाट पाँच सय दरका २८८ थान नक्कली भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नेपाली नोट एक हजारका चार र पाँच सयका ३३ थान गरी २० हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको भारतीय रुपैयाँमा १५ देखि २० थान नोटमा एउटै नम्बर रहेको बताएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS