IME Life New

९८ दिनपछि शेयर बजार खोल्ने नेप्सेको निर्णय, भोलिदेखि कारोबार हुने, अब बन्द नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले ९८ दिनपछि शेयर बजार खुल्ला गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्डको निर्देशनसँगै शेयर बजार भोलि सोमबारबाट खुल्ला गर्ने निर्णय गरेको हो ।

आजै बोर्डको लिखित निर्देशन पाएपछि बसेको सञ्चालक समितिको बैठकले भोलि असार १५ गतेबाट शेयर बजार खुल्ला गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ । नेप्सेले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार संचालन हुने जनाएको छ । नेप्सेका अनुसार सर्किट ब्रेक र कम्पनीको मूल्य परिवर्तन सीमा गत चैत्र १० भन्दा अगाडी रहेकै ब्यबस्था अनुसार कायम हुनेछ ।

Esewa
Crest

कोरोना महामारीको कारण सरकारले घोषणा गरेको लकडाउनमा असहज अवस्था सिर्जना भएपछि २०७६ चैत्र ११ गतेदेखि बन्द शेयर बजार बीचमा दुई दिन खुल्ला भएपनि लगातार नेगेटिभ सर्किट लागेपछि पुनः बन्द गरिएको थियो । यस पटक भन्द जतिसुकै मूल्य घटबढ भएपनि कारोबार बन्द नहुने गरी शेयर बजार खुल्ला गरिएको बोर्डले जनाएको छ । यसअघि बोर्डकै निर्देशन बमाजिम नेप्सेले बजार बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS