काठमाडौं । कोरोना भाइरसको संक्रमणको बेला पनि एनआईसी एशिया लघुवित्तको आईपीओले निकै राम्रो प्रतिक्रिया पाएको छ । आईपीओ खुलेको तीन दिनसम्मको तथ्याङ्कलाई आधार मान्दा २ लाख ९० हजार आवेदन परेको छ ।
कुन दिनसम्म कत्ति पर्यो आवेदन ?
पहिलो दिनसम्म : ७५ हजार आवेदन
दोश्रो दिन सम्म : १ लाख ९९ हजार आवेदन
तेश्रो दिन सम्म : २ लाख ९० हजार
प्रति कित्ता एक सयको दरले एनआईसी एशिया लघुवित्तले ४७ लाख ५५ हजार कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दै छ । उक्त ४७ लाख ५५ हजार कित्ता मध्य शुन्य दशमलव ५ प्रतिशत अर्थात् ७४,००० कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई ४४ लाख ४३ हजार २०० कित्ता शेयर निष्काशन गरिएको छ।
अहिले सम्म २ लाख ९० हजार जनाले आवेदन दिएका छन् भने ४ लाख ४४ हजार ३ सय २० लगानीकर्ताले आवेदन दिँदासम्म सबैलाई १० कित्ता शेयर प्राप्त हुने छ । अन्तिम दिन सम्म ४ लाख ४४ हजार ३ सय २० भन्दा धेरै लगानीकर्ताले आवेदन दिए भने केही लगानीकर्ताको हात रित्तो हुने सम्भावना पनि हुन्छ । त्यस्तै अन्तिम दिनसम्म ४ लाख ४४ हजार ३ सय २० भन्दा थोरै लगानीकर्ताको आवेदन पर्यो भने सबैलाई दश कित्ता शेयर भागमा पर्ने र केहीलगानीकर्तालाई गोलाप्रथाबाट २० कित्ता शेयर पर्ने सम्भावना पनि छ ।
शनिवार र आईतबार आवेदन दिने समय बाँकी छ । शनिवार मेरो शेयरबाटमात्र आईपीओमा आवेदन दिए पनि आईतबार आवेदन दिने संख्यामा निकै राम्रो चाप आउँन सक्छ । त्यस्तै उपलब्ध भएको संख्यामा केहीको आवेदन रद्ध हुन सक्ने सम्भावना पनि छ।