काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले सन् २०२० मा विश्व अर्थव्यवस्थामा ४ दशमव ९ प्रतिशतको गिरावट आउने अनुमान गरेको छ। कोरोना भाइरसको महामारीका कारण अधिकांश देशहरुको आर्थिक गतिविधि ठप्प भएका कारण आइएमएफले यस्तो प्रक्षेपण गरेको हो ।
आइएमएफको प्रतिवेदन अनुसार कोभिड १९ महामारीका कारण २०२० को पहिलो ६ महिनाको आर्थिक गतिविधिमा भारी प्रभाव पर्ने देखिन्छ। अर्थतन्त्रमा सुधार पनि सुस्त गतिमा मात्र हुने अनुमान गरिएको छ। आइएमएफका अनुसार सन् २०२१ मा विश्वको अर्थतन्त्रमा ५ दशमलव ४ प्रतिशत वृद्धि हुने अनुमान छ ।