Connect IPS
IME Life

काठमाडौं महानगरपालिकाभित्रका जग्गाको मूल्याङ्कन ४ लाख देखि ५० लाखसम्म, कहाँको जग्गाको मूल्य कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महानगरपालिकाको हालै सम्पन्न भएको परिषदबाट स्वीकृत भएको आर्थिक वर्ष २०७७।०७८ का लागि पास गरिएको विधेयकमा काठमाडौं महानगरपालिकाभित्रका सबै वडामा रहेको जग्गाहरुको नयाँ मूल्याङ्कन सार्वजनिक गरिएको छ । सर्वसाधारणलाई कर तिर्नको लागि सार्वजनिक गरिएको नयाँ मूल्याङ्कनमा काठमाडौं महानगरपालिकाभित्र प्रति आना चार लाखदेखि ५० लाख रुपैयाँसम्म जग्गाको नयाँ मूल्य तोकिएको छ ।

अधिकांश भाग चक्रपथ भित्र पर्ने काठमाडौं महानगरपालिकामा ठूला सडक, मुख्य व्यापारिक केन्द्र आसपासका क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँ सम्म मूल्याङ्कन गरिएको छ भने साँघुरो बाटो भएका गल्लीहरुको मूल्याङ्कन प्रतिआना चार लाख रुपैयाँदेखि छ लाख रुपैयाँसम्म तोकिएको छ ।

Prabhu
Crest

काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि कायम हुने जग्गाको मूल्य सूचि अनुसार काठमाडौंको नयाँ सडक, हनुमानढोका, असन, इन्द्रचोक, खिचापोखरी, सुन्धारा लगायतका क्षेत्रको जग्गा प्रति आना ५० लाख रुपैयाँ तोकिएको छ । त्यस्तै, जमल, बीर अस्पताल, कान्तिपथ, भोटाहिटी लगायतका क्षेत्रको मूल्य प्रतिआना ५० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवारको जग्गाको मूल्य प्रतिआना ५० लाख निर्धारण गरिएको छ । त्यस्तै, पुतलीसडक, भद्रकाली, पुरानोबस पार्क लगायतको क्षेत्रमा पनि प्रतिआना ५० लाख नै मूल्य निर्धारण गरिएको छ ।

काठमाडौं महानगरपालिकाले अधिकांश जग्गाको मूल्य २६ लाख देखि ३६ लाख रुपैयाँसम्म तोकिएको छ । चक्रपथका विभिन्न स्थानको मूल्य २८ लाख देखि ३२ लाख रुपैयाँ तोकिएको छ । महाराजगन्ज, धुम्बाराही, गोगँबु, बनस्थलीको जग्गाको मूल्य २८ लाख प्रति आना तोकिएको छ । त्यस्तै, महानगरपालिकाको वडा नं १३ अन्तर्गतका विभिन्न जग्गाहरु प्रतिआना चार लाख देखि २५ लाखसम्म मूल्य तोकिएको छ । बाटो नभएका जग्गाको मूल्य प्रति आना चार लाख तोकिएको छ । गोरेटो बाटो भएका जग्गाहरु प्रतिआना छ लाख रुपैयाँ, कच्ची मोटरबाटो भएका जग्गाहरु प्रतिआना १२ लाख रुपैयाँ, पक्की सहायक सडक आसपासका जग्गाहरु प्रतिआना १३ लाख रुपैयाँ, विष्णुपति खोला पुलदेखि सोल्टीमोडसम्मका जग्गाहरु प्रतिआना २५ लाख रुपैयाँ मूल्य तोकिएको छ ।

काठमाडौं महानगरपालिकाले परिषदबाट पारित गरेको जग्गाको नयाँ मूल्य सूचिमा मुख्य सडक बाहेकका जग्गाहरु क बर्गका २२ लाख प्रतिआना, ख बर्ग १५ लाख रुपैयाँ र च बर्गका जग्गाहरु प्रतिआना पाँच लाख रुपैयाँ मूल्य तोकिएको छ ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नयाँ मूल्यसूचि अनुसार भने जग्गा किनबेच हुनेछैन । जग्गाको मोलमोलाई खरिद गर्ने र बिक्री गर्नेका बीचमा तय भई खरिद बिक्री हुनेछ । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको मूल्य सूचि सरकारी मूल्याङ्कन तथा कर असुलीका लागि सो मूल्य तोकेको हो । जग्गा खरिद बिक्री हुँदा उल्लेखित मूल्यभन्दा निकै महंगो हुनसक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS