Connect IPS
IME Life

जब जहाजमा उडाउने पाइलट मोटरसाइकलमा पिज्जा बोकेर हुईकिन थाले…

SPIL
NIC ASIA new
Sanima Reliance

सिएनएन । चार वर्षदेखि थाईल्याण्डको लायन एयरमा व्यवसायिक रुपमा जहाज उडाउँदै आएका को–पाईलट नकारिन इन्ता स्थानीय म्यासेन्जर एप्समार्फत डेलिभरी अर्डरहरु आपूर्ति गर्नमै व्यस्त छन् । उनी कहिले पिज्जा बोक्छन् त कहिले तरकारी । कोरोना महामारीका कारण सिंगो विश्व अस्तव्यस्त भएपछि लायन एयरका अधिकांश जहाजहरु ग्राउण्डेड छन् । अरुबेला जहाज उडाउने ति पाइलट अहिले स्कुटरमा पछाडि कालो झोला राखेर बाईकमा हुइकिरहेका हुन्छन् ।

थाईल्याण्डको लायन एयरमा डेढसयभन्दा बढि यात्रु राखेर बोईङ उडाउँदै गन्तव्यमा पुर्याउने इन्ता अहिले १५० सिसीभन्दा कम पावरको स्कुटरको चालक बनेका छन् । कोरोना महामारीका कारण सिंगो विश्वका व्यापारिक हवाई कम्पनीका उडानहरु अबरुद्ध भए, ति मध्ये केही हवाई कम्पनीमा कार्यरतहरुले जहाज ग्राउण्डेड भएको अवस्थामा बैकल्पिक आम्दानीतर्फ ध्यान दिन थालेका छन् ।

Prabhu
Crest

थाईल्याण्डमा आन्तरिक पर्यटना यसै महिनादेखि भर्खरै सुरु हुने क्रममा छ । यही मौमाका केही हवाईकर्मीहरु भने आकाशबाट सडकमा सरेका छन् । कोरोना भाइरसको महामारीका कारण थाईल्याण्डको हवाई व्यवसाय यसरी थलियो कि जहाज उडाउने पाइलट नै कार हिलिङ एप्समा जोडिएर मोटरसाइकलमा सामान डेलिभरी गर्ने काममा व्यस्त हुने थालेका हुन् ।

जहाज कम्पनीमा कार्यरत थुप्रै कर्मचारीहरु बेतलवी बिदामा छन् । धेरैको आम्दानी ७० प्रतिशतभन्दा बढिले गिरावट आएको छ । उनलाई मासिक खर्च जसरी पनि जुटाउनु पर्ने भएपछि मोटरसाइकलमा सामान ढुवानी गर्न थालेको सिएनएन ट्राभललाई बताएका छन् ।
लकडाउनमा मानिसहरु घरैभित्र फसेको बेला थाईल्याण्डको बैंककस्थित खाद्य आपूर्ति गर्ने एप्स अहिले निकै लोकप्रिय छ । पाइलट इन्ताले आफ्नी चार बर्षिया छोरी र श्रीमतीको आर्थिक सुरक्षाको लागि मोटरसाइकलमा खाद्यान्न आपूर्ति गर्ने काम गरेको बताएका छन् । उनी आफ्नै मोटरसाइकलमा सामान आपूर्ति गर्दछन् । उनले भनेका छन, ‘मैले सोचे, म यत्तिकै बस्न र सहयोगको लागि प्रतिक्षा गर्न सक्दिन । मैले मेरो परिवारको लागि संघर्ष गर्ने निधो गरे, मसँग दुवै हात छन्, त्यसैले केही गर्ने सोचे । मसँगै आफ्नै मोटरसाइकल थियो त्यसैले यसैको सहयोगमा पार्ट टाईम जबमा जोडिए । अहिले म फुड डेलिभरी म्यान बनेको छु ।’

४२ बर्षिय पाइटलले सधैं आफ्नो सपना आकाशमा मात्रै देख्थे । तर, यस पटक उनले आफ्नो सपना पूरा गर्न अर्को उपाय खोज्न बाध्य भएका छन् । उनी जहाज उडाउँदा मासिक ६००० देखि ८००० डलरसम्म आम्दानी गर्दथे । तर, अहिले मोटरसाइकलमा सामान डेलिभरी गर्दा दैनिक ३० डलर आम्दानी गर्न निकै संघर्ष गर्नु परेको बताएका छन् ।

रोचक कुरा त के छ भने थाईल्याण्डमा त्यसरी खाद्यान्न डेलिभरी गर्ने पाइलटहरुमा उनी एक्ला भने होइनन् । उनी सहित ५० जनाभन्दा बढि पाईलटहरु त्यसरी खाद्य पदार्थ आपूर्ति गर्ने डेलिभरी म्यानको रुपमा काम गर्दै आएको सिएनएनले उल्लेख गरेको छ । केहीले महंगा गाडीहरु प्रयोग गरेका छन् भने केहीले मोटरसाइकल ।

‘यतिबेला सिंगो विश्वमा रहेका सबै मानिसहरु नै कोरोना भाइरसबाट प्रभावित छन् । तपाईका पछाडि कोही छन्, तपाई कसैलाई माया गर्नुहुन्छ । त्यसैले तपाईले उनीहरुका लागि र तपाई आफ्नै लागि पनि संघर्ष गर्नुपर्दछ ।’ पाइलट इन्ताले भने, मैले मेरो क्यारियसका हरेक क्षणहरु मिस गरिरहेको छु, साथीहरु, क्याप्टेन, क्रु मेम्वर, सरसफाई र सबै कर्मचारी साथीहरु जोसँग मैले सँगै काम गरे, सबैलाई मिस गरिरहेको छु, त्यसभन्दा बढि मैले मेरो आकाशलाई मिस गरिरहेको छु ।’ -सिएनएनबाट भावानुवाद ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS