Connect IPS
IME Life

शेयर कारोबार अनिश्चितकालसम्म स्थगित गर्ने नेप्सेको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र बोर्डको निर्देशन बमोजिम भन्दै अनिश्चितकालसम्म शेयर कारोबार स्थगित गर्ने निर्णय गरेको छ । आजबाट खुल्ने विश्वास गरिएको शेयर कारोबार स्थगित भएपछि लगानीकर्ताहरु भने निराश बनेका छन् ।

गत चैत्र ११ गतेदेखि कोरोना भाइरसका विरुद्धमा जारी लकडाउन खुकुलो बनाएर निजि सवारी साधन सञ्चालन हुन थालिसकेको सन्दर्भमा शेयर बजारमा सुचारु गर्न ढिलाई भएको हो ।

Prabhu
Crest

नेप्सेले हिजो एक सूचना जारी गर्दै धितोपत्र बोर्डको २०७७ जेठ १ गतेको निर्देशन अनुसार कोरोबार अनिश्चित समयका लागि स्थगित गरिएको जनाएको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशन प्राप्त नभएसम्मको लागि कारोबार स्थगित गर्ने निर्णय गरेको छ । बोर्डले स्थगित गर्न दिएको निर्देशनपछि नयाँ निर्देशन नआएकोले शेयर कारोबार स्थगित गरिएको नेप्सेको भनाई छ । उता, बोर्डले भने सुरुमा कारोबार बन्द गर्न चर्को दवाव आएर लकडाउन अवधीभरका लागि बन्द गरिएको र अहिले बजार नखोलेको पुनः दवाव आइरहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS