काठमाडौं । कोरोना महामारीको कारण उत्पन्न जटिल परिस्थितिका कारण जारी गरिएको लकडाउनमा सबै ठप्प हुँदा मुलुकको राजश्व संकलन समेत प्रभावित भएको छ । सरकारले सम्भव हुने सबै निकायलाई कर तिर्न आग्रह गरेपछि बीमा कम्पनीहरु पनि धमाधम कर बुझाउन थालेका छन् ।
बीमा कम्पनीहरुले मूल्यअभिबृद्धि कर (भ्याट), आयकर, अग्रिम आयकर, सामाजिकि सुरक्षा कर, स्रोतमा कर कट्टी लगायतका करहरु तिर्न थालेका हुन् । राज्यकोषमा ढुकुटी रित्तिन थालेपछि सरकारले सक्नेजति सबैलाई कर तिर्न आग्रह गर्दै आएको छ ।
स्मरणरहोस्, कर तिर्ने म्याद लकडाउन समाप्त भएको ३० दिनसम्म कायम छ ।