काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्सको कार्यालय रहेको लैनचौरको हाथवे भवनमा आज विहान आगो लागेका छ । उच्च भोल्टका कारण आगो लागेर सो भवनको बाहिर भागमा आगो लागेको हो ।
शुक्रबार विहान २ बजेको समयमा आगो लागेको हो । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । सो भवनको पहिलो तल्लामा आईएमई लाईफको केन्द्रीय कार्यालय रहेको छ । त्यसैगरी, हाथवे इन्भेष्टमेन्ट कम्पनी तथा नेपाल एसबीआई बैंकको शाखा कार्यालय समेतमा आगोलागीबाट क्षति पुगेको जनाइएको छ ।
हाल सो भवन सिल गरिएको छ । आईएमई लाईफ इन्स्योरेन्सका सूचना अधिकारी सुदिप राणाका अनुसार भवनको भित्री भागमा क्षति पुगेको छैन । प्रायः कार्यालयमा क्षति नपुगेको र भवनको बाहिर भागमा आगो लागेको उनले बताए । भवनको बीमा गरिएको र बीमा दावी पर्ने भएको छ ।