Connect IPS
IME Life

३९ जना सवार टिपर कालिगण्डकीको भिरमा दुर्घटनाग्रस्त, तीन जनाको शव भेटियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय सीमा क्षेत्रबाट उद्धार गरी नेपाल भित्राइसकेको अवस्थामा क्वारेन्टाईन राख्न लैजाने क्रममा ३९ जना चढेको एक टिपर कालीगण्डकीको भिरबाट खसेर दुर्घटनाग्रस्त भएको छ । घटनामा दुई जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । कालिकोट जिल्लाको कर्णाली करिडोर अन्तर्गत लालीघाट बजार नजिकैबाट ३९ जना सहित टिपर सडकबाट खसेर भिरको बिचमा अल्झिएको अवस्थामा रहेको छ ।

ना ८ ख ५१३३ नम्बरको टिपर बुधबार दुर्घटनामा दुई जनाको मृत्यु भएको तथा चार जना घाइते भएको प्रहरीले जनाएको छ । यद्यपि स्थानीयबासीले हालसम्म ३ जनाको शव भटिएको, तीन जना मात्रै कालिगण्डकीमा पौडी खेलेर बाँचेको बताएका छ । बाँकीको अवस्था अज्ञात छ ।

Prabhu
Crest

भारतीय सीमा क्षेत्रबाट भित्रिएकाहरुलाई जिल्लाकै होल्डिङ सेन्टरमा भेला पार्ने र त्यहाँबाट नजिकका क्वारेन्टिनमा राख्न लैजाँदै राख्ने गरिएको थियो । सोही क्रममा सो टिपर दुर्घटनामा परेको जनाइएको छ । थप विवरण प्राप्त हुन बाँकी छ । नेपालमा सवारी दुर्घटनामा बार्षिक अर्बौ रुपैयाँ बीमा दावी भुक्तानी हुँदै आएको छ ।

अपडेटः  कालिगण्डकीस्थित दुर्घटनास्थलबाट पत्रकार जीवन शाहीले दिएको जानकारी अनुसार घटनामा छ जना बेपत्ता भएका छन् भने दुई जनाको मृत्यु भएको छ । ओरालोमा रोकिएको टिपर आफै गुडेर नदिमा खस्न पुगी दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीलाई उध्रित गर्दै पत्रकार शाहीले बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS