काठमाडौं अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार खोल्न सकारात्मक धारणा राखेका छन् । नेपाल धितोपत्र बोर्डले बार्षिकत्वसमा आयोजना गरेको वेविनार कार्यक्रममा बोल्दै शेयर बजार खोल्नु अगाडि आवश्यक तयारी गरेर खोल्नुपर्ने बताए ।
अर्थमन्त्री खतिवडाले धेरै लामो समयसम्म लकडाउन हुन्छ भनेर चुप लागेर बस्नुभन्दा सुधारका लागि गनुपर्ने आवश्यक काम अघि बढाउन आग्रह गरेको छ ।उनले लकाउन अझै लम्बिने संकेत गर्दै बजार सुधार र बजार माग र आपूर्तिलाई सन्तुलन गर्न पूर्वधार खडा गरेर अघि बढ्न निर्देशन दिएका छन् ।