IME Life New

४१ अर्ब बीमा नविकरण शुल्क उठ्दा, प्रथम बीमा शुल्क २१ अर्बमाथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनामा साढे ४१ अर्ब रुपैयाँ भन्दा बढि बीमा नविकरण शुल्क उठाएका छन् भने सोही अवधीमा साढे २१ अर्बभन्दा बढि प्रथम बीमा शुल्क उठाउन सफल भएका छन् । बैशाख मसान्तसम्ममा ६३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले १० महिनाको अवधिसम्ममा प्रथम बीमाशुल्क मार्फत २१ अर्ब ५३ करोड रुपैयाँ नविकरण बीमाशुल्क मार्फत ४१ अर्ब ५३ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्क मार्फत १ अर्ब ७० करोड रुपैयाँ मार्फत कुल ६२ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

Esewa
Crest

बैशाख मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले १० महिनाको अवधिसम्ममा १९ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले १० अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ। संस्थानले बैशाख मसान्तसम्ममा ६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, नेशनल लाइफले ५ अर्ब ७६ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब १६ करोड, युनियन लाइफले ३ अर्ब ३९ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ९२ रुपैयाँ, प्राइम लाइफ २ अर्ब ३१ करोड रुपैयाँ,  मेट लाइफले १ अर्ब ४६ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ३९ करोड रुपैयाँ ,ज्योति १ अर्ब १७ करोड रुपैयाँ, सिटिजन लाइफ १ अर्ब २२ करोड , रिलायबल १ अर्ब ३० करोड बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

आइएमई लाइफले ९० करोड रुपैयँ सन नेपाल लाइफले ८६ करोड रुपैयाँ, रिलायन्स लाइफले ८३ करोड रुपैयाँ, सानिमा लाइफले ५९ करोड रुपैयाँ, प्रभु लाइफले ५३ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ४२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS