IME Life New

भोलिदेखि काठमाडौंका पसलहरु खोल्ने व्यापार संघको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारको लकडाउन अबज्ञा गर्दै भोलिबाट राजधानी काठमाडौं उपत्यकाका पसलहरु एकतर्फी रुपमा खोल्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघले निर्णय गरेको छ । सरकारसँग समन्वय नगरी एकतर्फी रुपमा संघले निर्णय गरेकाले कार्यान्वयन हुन सक्ने सम्भावना भने न्यून छ ।

महासंघले दैनिकरूपमा विहान ११ बजेसम्म पसल खोल्ने निर्णय गरेको बिज्ञप्तिमार्फत जनाएको छ । गत चैत्र ११ गतेदेखि जारी लकडाउन ७१ औं दिनसम्म पनि समस्या हल हुने छाँट काँट नदेखिएको भन्दै भोलिबाट पसलहरु खोल्ने निर्णय गर्नु परेको महासंघले जनाएको छ । लामो लकडाउनका कारण पसलहरु बन्द हुँदा, सामानहरु बिग्रने, घरभाडा थपिँदै जाने, बैंकको ब्याज र कर्मचारीको तलब दिन समस्या पर्न थालेको भन्दै यस्तो अप्रिय निर्णय गर्नु परेको व्यवसायीहरुको भनाईछ ।

Esewa
Crest

यही बीचमा सरकारले कर तिर्न समेत ताकेता गरेकाले अब आफूहरु बाध्य भएर पसल खोल्ने निर्णयमा पुगेको महासंघका अध्यक्ष नरेश कटुवालले बताए । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी कुनै रहरले नभई बाध्य भएर पसलहरू खुला गर्ने निर्णय गरेका हौं ।’

उता, सरकारले भने भोलिदेखि विहान पसल खोल्ने सम्बन्धमा व्यापार संघको निर्णयबारे केही बताएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS