एजेन्सी : कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि मानिसहरुले स्वास्थ्य बीमा गर्नेबारे सचेतना देखाएका छन् । मानिसहरुको यही सोचलाई मध्यनजर गर्दै भारतमा यस बैंकले आफ्ना ग्राहकलाई विशेष योजना ल्याएको छ। बैंकमा कम्तिमा १ वर्ष एक लाख भन्दा बढीको नयाँ फिक्स्ड डिपोजिट (मुद्धती निक्षेप ) खोल्ने ग्राहकलाई बैंकले निशुल्क कोरोना बीमा पोलिसी दिने छ ।
बैंकले रिलायन्स जनरल इन्स्योरेन्स मार्फत सो बीमा गराउने छ । बैंकले २५ हजार बराबरको कोरोना बीमाको लागि ग्राहकको प्रिमियम तिर्ने छ र ग्राहकलाई कोरोना संक्रमण देखिएमा यस बैंक मार्फत भुक्तानी हुनेछ।
यो योजनामा ३ महिना देखि ६० वर्षसम्मका व्यक्तिले भाग लिन पाउँनेछन् ।