काठमाडौं । सरकारले आगामी वर्ष नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई संरचनागत सुधार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणको क्रममा धितोपत्र सम्बन्धी काम गर्ने तीन निकायलाई सुधार गर्ने सरकारी योजना सुनाएका हुन् ।
त्यस्तै, धितोपत्र कोरोबारलाई पूर्ण रुपमा विद्युतीय बनाउने घोषणा गरिएको छ । त्यसैगरी, बस्तु विनिमय प्रक्रिया अघि बढाउने बजेटमा व्यवस्था गरिएको छ ।