काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कूल कोरोना संक्रमितको संख्या ६८२ पुगेको जनाएको छ । त्यसैगरी मृत्यु हुनेको संख्या ४ पुगेको प्रवक्ता विकास देवकोटाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका १५ डल्लुका एक व्यक्तिलाई बारा जिल्लामा कार्यरत रहेको अवस्थामा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो पटक थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका ३ जना, पर्साका १ जना, काठमाडौं घर भई बारामा कार्यरत १ जना र बाराका मृतक वृद्ध गरी ७ जना रहेको बताए । सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार संक्रमितहरु मध्ये १ सय १२ जना निको भएर घर फर्किइसकेका छन् ।