IME Life New

जेठ १२ गते सोमबार सार्वजनिक विदा दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णइ अनुसार मुस्लिम आयोगको सिफारिसमा मुस्लिम समुदायको पर्व इदुल फित्रको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यस अघि गत जेठ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले इदुल फित्रको दिन सम्भवतः जेठ ११ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा दक्षिण एशियाभर बाट जेठ १० गते चन्द्रमा नदेखिएका कारण उक्त पर्व जेठ १२ गते मनाउने निर्णय गरी मुस्लिम आयोगले सो दिन बिदा दिन सिफारिस गरेपछि भोलि सोमबार विदा दिने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।

Esewa
Crest

भोलि सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरु बन्द हुनेछन् । यद्यपि ३६५ दिन नै सञ्चालन हुने बैंकका काउन्टरहरु भने खुल्ला हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS