IME Life New

मोबाइल एप रिचार्जरले के एन मास्क १ सय ७५ रुपैयाँमा उपलब्ध गराउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोबाइल एप रिचार्जरले विश्व बजारको भन्दा सस्तो मूल्यमा ९५ मास्क उपलब्ध गराउने भएको छ । रिचार्जले निशुल्क होम डेलिभरी सहित १७५ रुपैंयामा ९५ मास्क उपलब्ध गराउन लागेको हो ।

रिचार्जरले सामाजिक उत्तरदायित्व अन्तरगत अलिबाबा, अमेजन लगायतका प्लेटर्ममा भन्दा पनि सस्तो मूल्यमा मास्क उपलब्ध गराउन लागिएको जनाएको छ । जेठ ८ गते बिहिबार मध्यान्ह १ बजेदेखि २४ घण्टाको अवधिमा रिचार्जरबाट मास्क, थर्मल गन, पञ्जा लगायतका सामानहरु सस्तोमा अर्डर गर्न सकिने छ । यसरी अर्डर भएका सामान १२ देखि ७२ घण्टा भित्रमा प्रयोगकर्ताको घरमा पुर्याइने कम्पनीले जनाएको छ ।

Esewa
Crest

मानव अधिकार परिषद नेपालका अध्यक्ष तुलसी थापाका साथै रिचार्जरका प्रतिनिधिले बजार अवलोकन गरेका थिए । सो पश्चात रिचार्जरले कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक पर्ने मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्स लगायतका सामान नाफा नोक्सान नहेरी सस्तो मूलयमा आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको हो।

ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा यस्तो योजना ल्याएको भन्दै धेरैले सस्तोमा मास्क तथा अन्य सामान पाउने विश्वास व्यक्त गरे । एपमा मास्कको मूल्य २ सय रुपैंया रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी १७५ रुपैंयामा मास्क खरिद गर्न सकिने उनले बताए । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जर डाउनलोड गरेर खाता सञ्चालन गरे पछि १०० क्यास प्वान्ट उपलब्ध हुने छ । सोही क्यास प्वाइन्टको सहायताले नयाँ प्रयोगकर्ताले पनि १७५ रुपैंयामा मास्क खरिद गर्न सक्ने उनले बताए ।

‘यो मास्कको बजार मूल्य ५५० सम्म छ, हामीले नाफा नोक्सान नहेरी हाम्रा प्रयोगकर्ताको सहजताका लागि सस्तोमा मास्क उपलब्ध गराएका हौं’ ग्लाइडरले भने । टाढैबाट शरीरको तापकक्रम मापन गर्नका लागि प्रयोग हुने थर्मल गन अन्यत्रभन्दा सस्तोमा ३ हजार ८०० रुपैंयामा उपलब्ध हुनेछ । बाहिरी बजारमा यो थर्मल गन ५ हजार रुपैंयाभन्दा माथिको मूलयमा बिक्री बितरण भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS