IME Life

बारामा पाँच सय दरका १५ वटा नोट शंकास्पद अवस्थामा भेटियो, प्रहरीले थाल्यो अनुसन्धान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारीका कारण निषेधाज्ञा जारी गरेको अवस्थामा बारा जिल्लाको आदर्श कोत्वालमा पाँच दरका १५ वटा नेपाली रुपैयाँको नोट शकास्पद अवस्थामा फेला परेको छ । सर्वसाधारणले कोरोनाको संक्रमण फैलाउन त्यसरी नोट फ्याकिएको हुनसक्ने भन्दै नटिपीकन प्रहरीलाई खवर गरेका छन् ।

हाल प्रहरीले सो क्षेत्रलाई सिल गरी नोट संकलन गर्ने कार्य सुरु गरेको जनाएको छ । साथै नोट फ्याक्ने व्यक्तिको सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ । स्थानीय पत्रकार राजु शाहका अनुसार बारा जिल्लाको आदर्श कोत्वाल गाउँपालिका वडा नं ८ मा आज विहान सो नोट भेटिएको हो । ति नोटहरुमा केही लत्पतितएको देखिएको छ । नोटसँग रहेको पदार्थ सिगान जस्तै देखिएको भएपनि परिक्षणपछि मात्रै पुष्टि हुनेछ । नोटलाई प्रहरीले सुरक्षित रुपमा संकलन गरेर थप अनुसन्धान सुरु गरेको छ । कोरोना महामारी सुरु भएपछि यसअघि जनकपुरमा पनि दुई महिलाले सडकमा नोट फ्याकेको हल्ला चलेकोमा पछि उनीहरुले असावधानीवश खसालेको रहस्य खुलेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS