IME Life New

नेशनल लाइफको बीमा शुल्क आम्दानीमा बृद्धि, मुनाफा साढे ३१ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिमा ५ अर्ब ६५ करोडरुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीको खुद बीमाशुल्क आर्जनमा उल्लेखनीय सुधार देखिएको छ।

त्यस्तै,कम्पनीले पुर्नबीमा कमिशनबाट दुई करोड ७७ लाखरुपैयाँ, लगानी कर्जा र बीमालेख धितोमा कर्जाबाट २७ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ ।

Esewa
Crest

कम्पनीले चैत मसान्तसम्ममा ३१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा ३० करोड ६० लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।गत बर्षको तुलनामा कम्पनीको नाफा ३ प्रतिशतले बढेको छ।

समिक्षा अवधिमा कम्पनीले ७ लाख ८४ हजार ३६६ बीमालेख जारी गरेर ५ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै चैतमसान्तसम्ममा १३ हजार २२ दाबी बापत एक अर्ब ९५ करोड ५० हजार रुपैयाँ भुक्तानी गरेको छ भने २६ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको कम्पनीले प्रकाशन गरेको विवरणमा उल्लेख गरिएको छ ।

कम्पनीको हालको चुक्तापूँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको भने जीवन बीमा कोष ३१ अर्ब ५२ करोड २९ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३ रुपैयाँ ६५ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ७३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS