IME Life

शिवम् सिमेन्ट्को नाफामा गिरावट, आम्दानीमा सवा अर्बबढिले गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालकै ठूलो सिमेन्ट उद्योग मध्येको एक शिभम् सिमेन्ट उद्योगको मुनाफा र आम्दानी दुवै घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सो उद्योगको मुनाफा ७९ करोड २४ लाखमा सीमित भएको छ । गत आर्थिक वर्षको तुलनामा सवा अर्बभन्दा बढिले आम्दानी घटेसँगै कम्पनीको मुनाफा प्रभावित भएको हो । अघिल्लो वर्ष सोही अवधीमा कम्पनीले एक अर्ब पाँच करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेकोमा यस वर्ष कूल आम्दानीमा भारी गिरावट आएसँगै मुनाफा घटेको हो ।

कम्पनीले बुधबार प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ७ अर्ब ८ करोड ४० लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष सोही अवधीमा आठ अर्व ३७ करोड रुपैयाँ थियो । कम्पनीको कूल आम्दानी एक अर्ब २९ करोड भन्दा बढिले घटेको छ । कम्पनीको खुद नाफा २६ करोड ६५ लाख रुपैयाँ घटेर ७९ करोड २४ लाखमा सीमित भएको छ ।

Prabhu
Crest

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ३४ करोड रुपैयाँ र शेयरधनी कोषमा ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ । यस वर्ष शेयर कारोबारमा धेरैले रुचाएको शिवम्को नाफा घटेको हो ।

समीक्षा अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १ पैसा, प्रतिशेयर नेटवर्थ १९७ रुपैयाँ २८ पैसा र प्रतिशेयर कुल सम्पत्तीको मूल्य ३०९ रुपैयाँ १ पैसा रहेको थियो । लकडाउन भएपनि सिभम् सिमेन्ट उद्योग भने सञ्चालन भइरहेको छ । यस वर्ष सिमेन्ट उद्योगमा कडा प्रतिस्पर्धाका कारण समेत शिवम् सिमेन्टको नाफा प्रभावित भएको अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS