काठमाडौं । बीरगन्जमा आज फेला परेका ३९ जना संक्रमित मध्ये चार जना पत्रकार रहेको खुलेको छ । उनीहरु मध्ये एक नेपाल पत्रकार महासंघको जिल्लास्थित महत्वपूर्ण पदमा रहेका थिए । कोरोना संक्रमित पत्रकारहरुले केही दिन पहिले पर्साका सिडिओ, डिएसपी लगायतका सुरक्षा सम्बद्ध व्यक्तिसँग भेटवार्ता गरेको खुलेको छ ।
आइतबार संक्रमितले जिल्ला प्रशासन कार्यालयमा सिडियो र डिएसपीसहितसँग भेटवार्ता गरेको खुलेको खुलेसँगै सुरक्षा निकायमा समेत कोरोनाको त्रास बढेको छ । यस अवधीमा एक जनाले पत्रकार ७५ जना भन्दा बढिसँग भेटवार्ता गरेको जनाएका छन् । बीरगन्जमा केही दिन पहिले कुटिएको पत्रकारको लागि नेपाल पत्रकार महासंघ पर्सा शाखाले आन्दोलन गर्दै आएको थियो । नेतृत्वमा रहेकोले आइतबार पर्साको घण्टाघर अगाडि चोकमा उभिएर भाषण गरेको व्यक्ति नै कोरोना भएको पुष्टि भएपछि पर्साका पत्रकार तथा हाईप्रोफाईलमा कोरोनाको त्रास बढेको छ ।