IME Life New

लकडाउनमा पनि आक्रामक व्यापार गर्दै नेपाल लाईफ, बीमा शुल्क आर्जन साढे १८ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जीवन बीमा कम्पनीको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १८ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले १५ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले वृद्धि हुँदै १८ अर्ब ४१ करोड पुगेको छ।

Esewa
Crest

कम्पनीले कम्पनीले यस अवधिमा ४ अर्ब ७६ करोड कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी रकम ७२ करोड ४४ लाख छ ।

तेश्रो त्रैमाससम्म खुद मुनाफा ४६ करोड ७५ लाख पुगेको छ । कम्पनीको प्रकाशित  प्रति शेयर आम्दानी ११ रुपैया ३४ पैसा छ भने किताबी मूल्य १५८ रुपैया ३६ पैसा छ।

५ अर्ब ४९ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २ अर्ब ७३ करोड छ भने जीवन बीमा कोष ८१ अर्ब ३७ करोड पुगाउन सफल भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कोष ६० अर्ब ६२ करोड थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS