एशियन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३ अर्ब १० करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले २ अर्ब ६४ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ९ करोड पुगेको छ ।
कम्पनीले कम्पनीले यस अवधिमा १ अर्ब ४६ करोड कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी रकम २ अर्ब ९ करोड छ ।
खुद मुनाफा १४० प्रतिशतले वृद्धि हुँदै १३ करोड ७ लाख पुगेको छ । कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी १३ रुपैया ८७ पैसा छ भने किताबी मूल्य १२७ रुपैया ४६ पैसा छ।
२ अर्ब १ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४९ करोड ५९ लाख रहेको छ भने जीवन बीमा कोष २० अर्ब १४ करोड पुगाउन सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कोष १५ अर्ब ७८ करोड थियो।