काठमाडौं । सोमबार दोस्रो पटक कोरोना संक्रमण भेटिएको खवर प्राप्त भएको छ । यस पटक कोरोना सप्तरी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमित भेटिएको हो । नयाँ अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण भेटिएको थियो ।
सप्तरीमा पनि भेटियो कोरोना, कूल संक्रमित १२१ पुगे

















