Connect IPS
IME Life

१९ जीवन बीमा कम्पनीले १० दिनमा संकलन गरे साढे दुई अर्ब बीमा शुल्क

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले १० दिनमा साढे दुई अर्ब रुपैयाँ बीमा शुल्क उठाएका छन् । कोरोना महामारीपछि घोषणा गरिएको लकडाउनमा चैत्र ११ गतेदेखि सिंगो देश ठप्प भएसँगै जीवन बीमा कम्पनीका कार्यालय पनि ठप्प भए । जम्मा कारोबार भएको १० दिनमा उनीहरुले साढे दुई अर्ब रुपैयाँ बीमा शुल्क उठाउन सफल भएका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार लकडाउनको मारमा परेको चैत्र महिनामा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले चैत महिनामा ७० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चैत महिनामा ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत महिनामा २२ करोड रुपैयाँ बीमाुशल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

मेट लाइफ इन्स्योरेन्सले १८ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थाले ११ करोड रुपैयाँ, एशियन लाइफले १० करोड रुपैयाँ, यूनियन लाइफले १० करोड रुपैयाँ, प्राइम लाइफले ९ करोड रुपैयाँ, सूर्या लाइफले ६ करोड रुपैयाँ, गुराँस लाइफले ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
सिटिजन लाइफले ४ करोड रुपैयाँ, रिलायबल लाइफले ४ करोड रुपैयाँ, ज्योति लाइफले ४ करोड। आइएमई लाइफले ४ करोड रिलायन्स लाइफले २ करोड रुपैयाँ, प्रभु लाइफले २ करोड रुपैयाँ, महालक्ष्मी लाइफले २ करोड रुपैयाँ, सन नेपाल लाइफले २ करोड रुपैयाँ र सानिमा लाइफले २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS