काठमाडौं । भोलिबाट सुरु हुने संसद अधिवेशनका लागि कार्यतालिका बनाएको छ । जस अनुसार आगामी जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट सम्बोधन गर्नेछिन् । सरकारको नीति तथा कार्यक्रम संघीय संसद (दुवै सदन) बाट सम्बोधन गर्ने प्रचलन अनुसार राष्ट्रपति भण्डारी जेठ २ गते संसदमा सम्बोधन गर्न लागेकी हुन् ।
यसैबीच, यही बैशाख २८ गतेदेखि संसदमा प्रिबजेटरी छलफल हुने भएको छ ।