IME Life New

रिलायन्स लाईफको जीवन बीमा कोष ८६ करोड माथि , अन्य सुचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो व्यापार व्यवसाय आक्रामक रूपमा फैलाउँदै यो ९ महिनाको अवधिमा ८३ करोड ३३ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।  गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३८ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जन ११४ प्रतिशतले वृद्धि भएको छ।

जीवन बीमा कोषमा ८६ करोड ९८ लाख रकम पुगेको छ।  १ अर्ब ४७ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १४ करोड ९६ लाख रुपैयाँ रकम छ।

कम्पनीले  १ करोड ६७ लाख  बराबरको दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी दावी रकम १० लाख रहेको छ ।

Esewa
Crest

९ महिनाको अवधिमा कम्पनीले ६ करोड १८ लाख रुपैया खुद मुनाफा गर्न सफल भएको छ।  जीवन बीमा कम्पनीहरुको हकमा एक्चुअरी मुल्यांकन पश्चात मात्र  वास्तविक नाफा आउने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS