काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आगामी आइतबारदेखि शेयर कारोबार खुल्ला गर्ने भएको छ । मन्त्रिपरिषदको बैठकबाट धितोपत्र कार्यालय खुल्ला गर्ने निर्णय गरेसँगै शेयर कारोबार पनि खुल्ला गर्ने नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सरकारले नै खोल्ने निर्णय गरेकोले आइतबारदेखि शेयर कारोबार सुरु गर्ने बताए । उनले भने, ‘यस सम्बन्धमा नियमनकारी निकाय धितोपत्र बोर्डसँग बैठक गरेर भोलिसम्ममा निर्णय गर्नेछौं ।’ सरकारले धितोपत्र खुल्ला राख्ने निर्णय गरेकोले आफूहरुले पनि शेयर कारोबार खुल्ला गर्न लागेको साउदले बताए । भोलि सार्वजनिक विदा परेकोले सो सम्बन्धी निर्णय भोलि सम्भव नभए शुक्रबार हुने धितोपत्र बोर्डका एक जना अधिकारीले जानकारी दिएका छन् ।