IME Life

पसिना बगाउन साउदी पुगेका कटुवललाई कोरोनाले चुड्यो, तनहुका गुरुङले पनि दुबईमा ज्यान गुमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वदेशमा पसिना बगाउने ठाउँ नपाएपछि नेपालबाट चार हजार किलोमिटर टाढाको साउदी पुगेका इटहरीमा लिलामान कटुवालको प्राण कोरोनाले चुडेको छ । कोरोनाले सताएपछि एक साता अघि साउदी अस्पतालको भेन्टिलेटरबाट परिवारसँग भिडियो कन्फ्रेन्समा कुराकानी गरेका कटुवालको भौतिक शरीरलाई इटहरीस्थित दुई छोरी, एक छोरा र श्रीमतीसहितको परिवारले अब कहिल्यै देख्न पाउने छैनन् ।

Prabhu
Crest

विश्वभर फैलिएको कोरोना महामारीले इटहरीस्थित कटुवाल परिवारले भिडियो कन्फ्रेन्समा देखेको दृष्य नै अन्तिम बन्न पुगेको छ । कटुवालको चार दिन अघि नै मृत्यु भएको हो । इटहरीस्थित परिवारका सदस्यहरुलाई उध्रित गर्दै प्राप्त समाचारमा उनलाई १६ दिन अघि कोरोना लागेको थियो । एक साताअघि भेन्टिलेटरबाट कुराकानी गरेका उनको त्यसपछि सम्पर्क विहिन बनेका थिए । परिवारका सदस्यहरुले खोजी गर्दा मृत्यु भइसकेको पत्ता लागेको जनाइएको छ । कोरोना भाइरसबाट मृत्यु भएकोले उनको शव नेपाल समेत ल्याउन पाइने छैन । ५१ बर्षको उमेरमा घर परिवारको खुशीको लागि साउदीमा पसिना बगाउँदै आएका उनको शव नेपाल नआउने भएपछि इटहरीस्थित परिवारका सदस्यहरुले काजकिरिया सुरु गरेका छन् ।

उता, दुवईमा पसिना बगाउँदै गरेका तनहुँका यज्ञप्रसाद गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विगत पाँच वर्षदेखि दुवईमा सेक्युरिटी कम्पनीमा काम गर्दै आएका गुरुङको वैशाख १८ गते मृत्यु भएको हो । मृतक गुरुङका भाई पर्ने इन्द्र गुरुङका अनुसार, उनको दुवईस्थित क्वारेन्टाइनमै मृत्यु भएको छ । छिट्टै नेपाल फर्कने भनेर कुरिरहेका ४५ बर्षिय गुरुङ तनहुँको शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेमा रहेका श्रीमती र छोराछोरीबाट सदाका लागि विदा भएका हुन् ।

उता, सोमबार नै बेलायतमा अर्का नेपाली नारायण कोन्मे गुरुङको मृत्यु भएको छ । यससँगै कोरोनाबाट विदेशमा मर्ने नेपालीहरुको संख्या ३५ पुगेको छ । बैदेशिक रोजगारीमा विदेश गएकाहरुले मृत्यु बीमा बापत दावी भुक्तानी पाउनेछन् । नेपाल सरकारले रोजगारीको लागि विदेश जाने जोसुकैलाई म्यादी बीमा अनिवार्य गरेका कारण साउदी र दुबईमा मृत्यु भएका दुवै जनाको नेपालमा रहेका परिवारका सदस्यहरुले दावी बैदेशिक रोजगारी म्यादी बीमा पुलमार्फत दावी भुक्तानी पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS