Connect IPS
IME Life

एक साताअघि डिस्चार्ज रौतहटका युवामा कोरोना फर्कियो, अस्पताल भर्ना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवामा पुनः कोरोनाको आशंका गरिएको छ । गत बैशाख १४ गते नारायणी अस्पताल बीरगन्जबाट डिस्चार्ज भएका रौतहट, इशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । थप परिक्षण भइरहेको छ । त्यसलगत्तै उनलाई पुनः नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

निको भएका बिरामीको कोरोनाको स्वाव परिक्षणको लागि नमुना संकलन गरी काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पुनः परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको हो । गत वैशाख १ देखि नारायणी अस्पतालको आइसोलसन वार्डमा भर्ना भएका उनको वैशाख १० र १३ गते दुई पटक गरिएको परिक्षणमा कोरोना भारइस नेगेटिभ आएपछि वैशाख १४ मा डिस्चार्ज गरिएको थियो ।

Prabhu
Crest

डिस्चार्ज भएर घर गएपछि परिवारका सदस्यहरुसँग बस्दै आएका ति युवामा पुनः कोरोना देखिएको छ । नेपालमा कोरोना संक्रमितमा दोहोरिएको घट्ना पहिलो पटक हो । नेपालमा रहेको कोरोना संक्रमित मध्ये १६ जना निको भई घर फर्केकामा उनी मात्रै पुनः अस्पताल भर्ना भएका कोरोना संक्रमित हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS