IME Life New

व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै ज्योति लाईफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लकडाउनको अवधिमा नै ज्योति लाईफ इन्स्योरेन्सले चालु आ.व.को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष सोही अवधिको तुलनामा यस आर्थिक वर्षको तेश्रो त्रैमासमा कुल बीमा शुल्कमा ९७ प्रतिशतले वृद्धी गर्दै रु. १.१४ अर्ब आर्जन गर्न सफल भएको देखिन्छ ।

Esewa
Crest

कम्पनीका अनुसार कम्पनीले अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमकिता दिएको कारणले दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ भने अल्पकालिन लगानीमा ५८ प्रतिशतले गिरावट आएको छ ।

व्यवस्थापन खर्चमा भएको वृद्धीको बाबजुद कम्पनीले खुद नाफामा समेत १४ प्रतिशतले सुधार गर्दै रु. ११.५१ करोड नाफा गर्न सफल भएको छ भने नाफाको रकम बीमाङ्कीय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ । ।

कम्पनीका अनुसार व्यवसाय तथा बीमितको संख्या वृद्धी संगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भइ दाबी वापत रु.८९.५९ लाख भुक्तानी गरेको देखिन्छ ।

त्यस्तै तेश्रो त्रैमाससम्म जगेडा कोषमा ८३ प्रतिशतले वृद्धी भइ रु.३७.३९ करोड कायम हुन गएको देखिन्छ भने जीवन बीमा कोषमा १९१ प्रतिशतले वृद्धि भइ रु. १.४० अर्ब रहेकोे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS