IME Life

जारी लकडाउन खुकुलो बनाउन नाडाको माग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभरि फैलिएको कोरोना महामारीका विरुद्धमा नेपाल सरकारले गत चैत्र ११ गतेदेखि जारी राखेको लकडाउन खुकुलो बनाउन नाडाले माग गरेको छ ।

Prabhu
Crest

सवारी साधन बिक्रेताहरुको साझा संस्था अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले जारी लकडाउनलाई केही खुकुलो बनाउन माग गर्दै ब्याज बुझाउने समय समेत कम्तीमा छ महिना थप गरिदिन माग गरेको छ । नाडाले जारी लकडाउनका कारण अर्थतन्त्रको चलायमान शून्य अवस्थामा रहेकोले अर्थतन्त्रमा गम्भिर असर पर्न सक्ने भन्दै केही खुकुलो बनाउन माग गरेको हो । नाडाले बुधबार विज्ञप्ति जारी गर्दै लकडाउन थपिँदा उद्योग व्यवसाय चौपट भएको भन्दै जारी लकडाउनका केही प्रावधानहरु खुकुलो बनाउन माग गरेको हो ।

नाडाले अटोमोबाइल उद्योग, वर्कशप, शोरुम र कार्यालयमा कार्यरत कर्मचारीलाई दिनुपर्ने तलबका विषयमा नेपाल उद्योग वाणिज्य महासंघले तय गरे अनुसार लकडाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गरिनुपर्ने माग गरेको छ । नाडाले बिज्ञप्तिमार्फत भन्सार परिसरमा भएका सवारी साधन तथा स्पेयर्स पार्टस लगायतका वस्तुहरुमा लाग्ने डेमरेज चार्ज मिनाहा गर्न सरकारलाई भनेको छ ।

साथै नाडाले मूल्य अभिवृद्धि करको रकम बैशाख २५ गतेसम्म बुझाउनुपर्ने व्यवस्थालाई जेठ २५ गतेसम्म पुर्याउन पनि माग गरेकोछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS