IME Life

रौतहटमा देखियो कोरोना, कूल संक्रमितको संख्या ५४ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रौतहटमा देखिएको छ । रौतहटका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको कूल संख्या ५४ पुगेको छ ।

काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा स्वाव परिक्षणको क्रममा रौतहटका दुई जनामा कोरोनाको संक्रमण देखिएको हो । रौतहटस्थित बृन्दावन नगरपालिका ९ भुहा र दवाही गोनाही नगरपालिका १ का एक।एक जना पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । संक्रमित २५ बर्षिय पुरुष १४ दिन रौतहटकै स्थानीय एक क्वारेन्टाईनमा बसेर घर फर्केको व्यक्ति भएको जनाइएको छ । त्यस्तै अर्का ३५ बर्षिय व्यक्ति भने हालसम्म पनि क्वारेन्टाईनमै छन् । उनलाई आईशोलेशनमा सारेर थप उपचार गरिने प्रयास भइरहेको छ । त्यस्तै घर पुगेका युवाको खोजी सुरु भएको छ ।

Prabhu
Crest

रौतहटमा आज पुष्टि भएको थप दुई जनासहित कूल संक्रमितको संख्या ५४ पुगेको छ । सोमबार कोरोना रोगी बढेका थिएनन् भने आइतबार ५२ रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS