काठमाडौं । कोरोना भाइरसका कारण सिंगो देश लकडाउनमा छ । तर, केही प्रभावशाली व्यक्तिहरुले विभिन्न बाहनामा पास लिएर सडकमा गाडी गुडाउन थालेपछि काठमाडौंसहित देशैभरिका सडकमा बाक्लै सवारी साधन गुड्न थालेका छन् ।
लकडाउनकै अवधीमा सडकमा गाडी जाम हुने अवस्था आएपछि गृहमन्त्रालय झस्किएको छ । यससँगै आज देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै आजैका मितिबाट लकडाउन कडा बनाउन निर्देशन दिएको छ । गृहमन्त्रालयले आज एक सर्कुलर ७७ वटै सिडियो कार्यालयलाई पठाउँदै जारी लकडाउन आजैका मितिबाट कडा बनाउन भनेको हो ।
गृहमन्त्रालयका प्रबक्ता केदारनाथ शर्माले लकडाउनमा पास बिनाका सवारी साधन आजैका मितिबाट गुड्न नदिन निर्देशन दिइएको बताए ।