काठमाडौं । आइतबार एकै दिन तीन जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परिक्षणको क्रममा पूर्वी नेपालको झापामा थप एक जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बक्तव्यमार्फत जनाएका छन् । ति संक्रमित पुरुष जमाती समुहको भएको खुलेको छ ।
यसैबीच, कोरोना पुष्टि गर्न परिक्षण गर्दा गर्दै मृत्यु भएकी बीरगन्जकी २३ बर्षिया युवतीमा कोरोना नेगेटिभ देखिएको छ । र्यापिड टेष्टमा कोरोनाको आशंका गरिएको र थप परिक्षण गर्दा गर्दै आइतबार मृत्यु भएको थियो । हेटौडास्थित प्रयोगशालामा परिक्षणको क्रममा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।