SKIP THIS

National Insurance
IME Life

भन्सार नाकामा थप कडाई गर्ने नेपाल सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले भन्सार नाकालाई कडाई गर्ने भएको छ । कोभिड–१९ का कारण मुलुकको राजस्व संकलनमा धक्का लागेपछि सरकारले आगामी दिनमा राजस्व बढाउन भन्सार नाकालाई कडाई पार्ने तयारी गरेको हो ।

अर्थ मन्त्रालयले भन्सार विभागलाई १८बुँदे निर्देशन दिँदै तोकिएको लक्ष्य पूरा गर्न वैकल्पिक कार्ययोजना तयार गरी भन्सार कसिलो पार्न निर्देशन दिइएको छ । अधिकांश भन्सार कार्यालयले तोकेको राजस्वको लक्ष्यभन्दा कम राजस्व संकलन गरेको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयले बाँकी चालू आवको अवधिमा भन्सार कसिलो पार्न निर्देशन दिएको हो ।

Prabhu
Crest

बजारमा केही विदेशी वस्तुको उपलब्धता पर्याप्त भए तापनि त्यस्ता मालवस्तु वैध तरीकाले पैठारी नभएको भन्ने सरकारी अधिकारीको ठम्याइ छ । अस्वाभाविक रूपमा पैठारी घटेका मालवस्तुहरूको आपूर्ति सहज भएको पाइएमा अन्य निकायसँग समन्वय र सहकार्य गरी बजारमा हस्तक्षेप गर्ने रणनीति अवलम्बन गर्नसमेत भन्सार विभागलाई अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

मालवस्तुको घोषणा स्पष्ट र वास्तविक नपाइएमा विभागबाटै अनलाइन मोनिटरिङ गरी आर्थिक ऐनको प्रावधानअनुसार कारबाही गर्न अर्थ मन्त्रालयले विभागलाई निर्देशन दिएको छ ।

त्यस्तै, अर्थ मन्त्रालयले चोरी पैठारीलाई निरुत्साहित गर्न भन्सार कार्यालयमा खटिएको सुरक्षा बललाई भन्सार कार्यालयको नेतृत्व, रेखदेख र नियन्त्रणमा प्रभावकारी रूपमा परिचालन गर्नसमेत निर्देशन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS