IME Life New

ट्रान्सफर्मरमा चट्याङ् पर्दा सिंगो बस्तीमा हाईभोल्टेज, दुईको मृत्यु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गएराति परेको चट्याङबाट धादिङको सिंगो बस्तीमा हाई भोल्टेज प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गएराति परेको चट्याङका कारण सो गाउँका दर्जनभन्दा बढि घरमा हाई भोल्टेज गएको हो । चट्याङपछि प्रवाह भएको उच्च भोल्टका कारण सातजना घाइते भएका छन् ।

मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ छन् । अन्य घाइतेहरुको उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा ल्याइएको छ ।

Crest

चट्याङपछि विद्युतको तारमा हाईभोल्जेट आएको र त्यसले सो क्षेत्रका अधिकांश घरहरुमा आगो लागेको स्थानीयबासी राजु अर्यालले बताए । लेक मल्डुङ र बेँसीमल्डुङ तथा बालुवाखर्कका स्थानीयबासीको घरहरुमा हाई भोल्टेज प्रवाह भएको थाक्रे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । सो वडाका वडाअध्यक्ष अमित घलेका अनुसार क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS