IME Life New

बेलहियामा युवाको सक्रियतामा २७० परिवारलाई राहत वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

Esewa
Crest

बुटवल: कोरोना भाइरसको कारण पुरै देश लकडाउनको अवस्थामा रहेकोमा भैरहवा बेलहियाका केही युवा भने लकडाउनले गरेको असर न्यूनीकरण गर्न गरिव तथा विपन्न परिवारलाई राहत वितरण गर्नमा व्यस्थ छन् । २१ जना स्थानीय युवाको सक्रियतामा हालसम्म बेलहियाका २६० परिवार र भैरहवाका १० परिवारलाई राहत वितरणको काम सम्पन्न भएको छ । बेलहियाका ७ जना स्थानीय युवाले सुरु गरेको यो अभियानमा अहिले टीममा जोडिने युवाको संख्या २१ पुगेको छ।

एकै पटक राहत वितरण भन्दा पनि यस टिमले ७ चरणमा राहत वितरणको कार्य सम्पन गरेको छ । कार्यक्रमका सचिव माधव शर्माले दिएको जानकारी अनुसार पहिलो चरणमा ६८ परिवार, दोस्रो चरणमा २५ परिवार, तेस्रो चरणमा २६ परिवार, चौथो चरणमा २४ परिवार, पाँचौ र छैठो चरणमा ७५ र सातौ चरणमा ५२ परिवारलाई खाद्यान्न वितरण गरिएको छ।

बेलहियाका स्थानीय युवाहरुले गरेको यो कामको सामाजिक संजालमा देखि रुपन्देही जिल्लामा नै राम्रो प्रतिक्रिया आएको देखिन्छ।

राहत वितरणमा प्रत्यक प्ररिवारलाई १० किल्लो चामल, ५ किलो आटा, आलु प्याज २-२ किलो, तेल १ लिटर, नुन १ किलो, मस्यौरा १ पाकेट, चिउरा १ किलो र मटर १ किलो उपलब्ध भएको सचिव माधव शर्माले इन्स्योरेन्स खबरलाई जानकारी दिए।

राहत वितरण कार्यक्रमका संयोजकका रुपमा सुमन शर्मा, कोषाध्यक्ष देवराज न्यौपाने, सचिव माधब शर्मा र सदस्यमा राजु शाही, राजु खड्का, भरत थापा, सन्तोष बराल, कृष्ण पौडेल छेत्री, भान नारायण प्रधान, दिलिप गुप्ता, सुरेन्द्र छेत्री, प्रभु बस्नेत, राजिव उदास, पंकज उदास, दिपक साहनि, निरज शर्मा, लल्लु धवल, अशोक छेत्री, सब्बु थापा, पिंकी थापा र मीन ब. गुरुङ्ग रहेको थिए।

कार्यक्रमका सचिवका अनुसार अहिले विपन्न परिवारको नाम संकलनको कार्य हुँदै गरेको र निकट भविष्यमा बेलहियाका  आर्थिक हिसाबले कमजोर धेरै परिवारले राहत पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS