IME Life

सत्ता गठबन्धनभित्र महासंकट, पूर्व माओवादी मन्त्रीहरुले सामूहिक राजिनामा दिने तयारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यतिबेला सिंगो विश्व कोरोना भाइरसका कारण उत्पन्न महाविपत्तिका विरुद्धमा लडिरहेको छ । तर, नेपालको सत्तारुढ दल नेकपा (नेकपा) भित्र गम्भिर राजनीतिक संकट उत्पन्न भएको छ । २०५४ सालमा तत्कालिन एमालेका नेता बामदेव गौतमलाई पार्टीबाट निष्काशन गरेको शैलीमा प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई पूर्व माओवादी पार्टी फुटाएर लैजाने गरी बाटो खोलेपछि राजनीतिक संकट चुलिन पुगेको छ । राजनीतिक विश्लेषकहरुका अनुसार कुनै पनि बेला अप्रिय निर्णय आउन सक्नेछ । आजको मन्त्रिपरिषदको बैठकमा उत्पन्न परिस्थितिपछि पूर्व माओवादी सम्बद्ध मन्त्रीहरुले राजिनामा दिने तयारी भइरहेको छ ।

Prabhu
Crest

आज अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेपछि सत्तारुढ दल विभाजनको संघारमा पुगेको पुष्टि भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई पूर्व जानकारी नगराइएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश मन्त्रिपरिषदको बैठकमा प्रस्तुत गरेपछि सबै मन्त्रीहरु मुखामुख गरेर मौन स्वीकृति जनाएको एक मन्त्रीले जानकारी दिए । कोरोनाका महामारीमा पार्टी विभाजनको एजेण्डा प्रवेश गराउनुले स्थिति जटिल बनिसकेको पुष्टि भएको छ । नेकपा (नेकपा) का दुई अध्यक्ष प्रचण्डल र केपी ओलीबीच झण्डै तीन घण्टा वार्तालाप भएको भोलिपल्ट प्रधानमन्त्रीले राजनीतिक दल विभाजन सम्बन्धी नयाँ अध्यादेश मन्त्रिपरिषदबाट पास गराएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित रुपमा राजनीति दल विभाजन सम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट निर्णय गराएपछि पूर्व माओवादी मन्त्रीहरु यतिबेला प्रचण्ड निवास खुमलटारमा भेला भएका छन् । एक मन्त्रीले दिएको जानकारी अनुसार आजै सामूहिक राजिनामा दिने तयारी भइरहेको छ । यद्यपि अध्यक्ष अध्यक्ष प्रचण्डले तत्काल राजिनामा नदिने निर्देशन दिन सक्ने समेत जनाइएको छ ।

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर फर्केदेखि नै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यको कारण देखाउँदै पार्टीको कार्यकारी अध्यक्षको हैसियतमा बैठक चलाउन दिएका छैनन् । प्रम ओली आफैले अध्यक्षता गर्दै आएका छन् । जनता कोरोना महामारीको त्रासमा घरभित्र लकडाउन भएको बेला सत्तारुढ दलभित्र उत्पन्न राजनीतिक संकटप्रति सर्वसाधारण भने आक्रोसित बन्न पुगेका छन् ।

अपडेटः यसैबीच, नेकपाको सचिवालय बैठक बोलाइएको छ । अप्रत्यासित निर्णय गरेपछि बालुवाटार पुगेका नेकपाका नेता वामदेव गौतमसँगको परामर्शपछि सचिवालयको बैठक बोलाउने निर्णय गरिएको छ । अब सो सम्बन्धमा सचिवालयबाट निर्णय हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS