IME Life

गुल्मीको शान्तिपुर बसपार्कमा आगोलागी, एकको मृत्यु, लाखौंको क्षति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा रहेको शान्तिपुर बसपार्कमा आज अपरान्ह आगोलागी हुँदा एक जनाको मृत्यु भएको छ । सो गाउँपालिकाको वडा नं ४ मा रहेको शान्तिपुर बसपार्कमा रहेको एक किराना पसलमा आगो लागेको हो । आगोलागीबाट घरधनी पूर्ण खनाललका १५ बर्षिय छोरा समिर खनालको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

Prabhu
Crest

घट्नामा अन्य तीन जना घाइते भएका छन् । उनीहरुलाई पाल्पास्थित अस्पताल तर्फ पठाइएको छ । घाइते तीनै जना एउटै परिवारको भएको जनाइएको छ । शान्तिपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलका अनुसार बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी भएको हो ।

मृतक खनाल बाग्लुङ बरेङ बटाकारचौरका वडा अध्यक्ष खनालको घर गुल्मीस्थित बसपार्कमा रहेको थियो । सो घरमा पेट्रोल डिजेल समेत बिक्री गर्ने गरिएको थियो । वडा अध्यक्ष खनाललका कान्छा छोरा १५ वर्षिय समिर खनालले पसल हेर्ने गर्दथे । सोमबार पसल खुल्लै रहेको थियो । आगोलागीको कारण खुलेको छैन ।

आगोलागीबाट लाखौंको सामान जलेर नष्ट भएको छ । आगोले सिंगो घर जलाएको जनाइएको छ । इन्धन भण्डारण गरिएकाले आगोलागी निकै डरलाग्दो रुप लिँदै गर्दा स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको प्रत्यक्षदर्शीले टेलिफोनमार्फत जनाएका छन् ।

सो आगोलागीको बीमा दावी पर्ने नपर्ने खुलेको छैन । आगोलागी बीमा कम्पनीहरुका लागि जोखिमपूर्ण विपत्ति हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS