IME Life New

के कारण भारतीय शेयर बजारमा सामान्य वृद्धि देखियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहीवार भारतको प्रमुख शेयर बजार बिएससी (सेंसेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)मा सामान्य वृद्धि देखिएको छ।

बिएससी सेंसेक्स सूचक २२२ दशमलव ८० को अंकले वृद्धि भएर ३०६०२ दशमलव ६१ अंकमा बन्द भएको छ भने यसैगरी निफ्टी सूचक ६७ दशमवल ५० अंकले वृद्धि भएर ८९९२ दशमलव ८० अंकमा पुगेको छ।

Esewa
Crest

सेंसेक्स शुन्य दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ भने निफ्टी शुन्य दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ।

सेंसेक्स ३०,००० को मनोबैज्ञानिक विन्दु भन्दा माथि बसेको छ भने निफ्टी ९००० को मनोबैज्ञानिक विन्दु माथि पुग्न असफल भयो ।

विभिन्न मिडियाका अनुसार भारतीय वित्तमंत्रीले प्रधानमंत्री नरेन्द्र मोदीसँग छिटै भेट गरेर  कोरोना भाइरसको कारणले बिग्रिएको आर्थिक अवस्थालाई राहत  दिन केही आर्थिक प्याकेज ल्याउने चर्चासँगै भारतीय शेयर बजारका लगानीकर्ताहरुमा थोरै खुशी देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS