IME Life New

कोरोनाविरुद्ध मानवको जीत निश्चित छ, तर समय लाग्छः निरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निरमा) ले विश्वव्यापी महामारीका विरुद्धमा मानव जातीको बिजय सुनिश्चित भएको जनाउँदै त्यसको लागि केही भने लाग्ने जनाएको छ । निरमाका अध्यक्ष डा.रविन्द्र घिमिरले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै विश्वभरि फैलिएको कोरोनाविरुद्धको लडाईमा सरकारले आह्वान गरेको लकडाउन सफल पार्नुपर्ने जनाइएको छ ।

Esewa
Crest

निरमाले नेपालमा कोरोनाको कारण ठूलो जोखिम देखेको कुरा बिज्ञप्तिमा उल्लेख गरेको छैन । विश्व समुदायले गरेको लापरवाही कारण कोरोना महामारीको चपेटामा परेको उल्लेख गर्दै २० दिनको जारी लकडाउन अझै बढाउनुपर्ने आशय व्यक्ति गरेको छ ।

निरमाले कोरोना महामारी नियन्त्रणमा आउन अझै केही समय लाग्ने प्रष्ट पार्दैै कोरोना नियन्त्रणमा नआउन्जेलसम्म घरैमा बस्न सम्झाएकोछ । बक्तव्यमा भनिएको छ, ‘यसको संक्रमणबाट बच्न बन्दाबन्दीनै उपयुक्त देखिएकोले सरकारको यो आह्वानलाई सकारात्मक रुपमा लिई, जिबन रहेमात्र स्वतन्त्रताको उपयोग गर्न पाईन्छ भन्ने तथ्यलाई आत्मसाथ गर्दै सरकारलाई सहयोग गर्नु हामी सबैको दायित्व हो । यसको असर तत्कालको संक्रमणबाट बच्नु मात्र नभएर भोलीका दिनमा नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने पनि हो, तथापी हाम्रो जस्तो अर्थतन्त्रमा यसको कस्तो प्रभाव पर्छ भन्नेमा हतार गर्नु पनी हुदैन । कोरोना कहरको यो चुनौती भित्र नेपाल जस्ता देशका लागी सम्भावना पनी हुन सक्छन ति आगामी दिनमा देखिने छन ।’

निरमाले नयाँ वर्ष २०७७ सालको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

प्रेस विज्ञप्तीको पूर्ण पाठ

प्रेस विज्ञप्ती

नयाँ बर्ष २०७७ को आगमनको पुर्बसन्ध्यामा पुरा विश्व कोरोना (कोभिड १९) को महामारी संग जुध्न बाध्य छ । नेपालकै मात्र कुरा गर्ने हो भने यो कोरोना संक्रमणलाई फैलन नदिन सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेको २० दिन पुरा भई सकेको छ । बिश्बमा चार अर्ब भन्दा बढी नागरिकहरु बन्दाबन्दीकै अवस्थामा रहेकोले नेपालमा यो समय अझै लम्बिने आंकलन छ । शुरुआती दिनहरुमा यस खतरनाक रोगलाई निकै हल्का रुपमा लिएको कारणले जोखिम व्यवस्थापन सम्बन्धी पर्याप्त तयारी नगर्दा विश्वका शक्तिशाली मुलुकहरु समेत त्राहीमाम भएका छन् र आज कोरोनासंग सिङ्गो मानव सभ्यता डरायमान बन्न पुगेको छ । यो अवस्थामा आई पुग्न जुन हेलचक्राई गरियो त्यो नै सबै भन्दा ठुलो गल्ती भएको आज सबैले महशुस गरेकै छन ।

मानव सभ्यताको सुरुवाती दिनहरुबाटै धेरै प्रकारका जोखिम र विपद्हरुको सामना गर्दै हामीहरु यहाँ सम्म आई पुगेका छौ , यो अबधीमा मानव जातिले ठुला ठुला प्राकृतीक विपद र मानव सृजित विपद्हरुको सामना मात्र होईन ति माथी बिजय प्राप्तनै गरेको ईतिहाँस हामी सामु छन भलै ति विपद् बिरुद्ध जुद्धा ठुलो मानविय र भौतिक क्षती किन ब्योहर्न नपरोस । मानविय सभ्यता जति बिकसित हुदै जान्छ, जोखिमका स्वरुप र परिणामहरु पनी परिवर्तन हुदै जाने तथ्य हामी बिच छ ।

कोरोना बिरुद्धको यो मानवजातीको लडाईमा हामी पनी सहभागी हुन पुगेका छौ, आफ्नै प्रकारको लडाई लडिरहेका पनी छौ । । यसको संक्रमणबाट बच्न बन्दाबन्दीनै उपयुक्त देखिएकोले सरकारको यो आव्हानलाई सकारात्मक रुपमा लिई, जिबन रहेमात्र स्वतन्त्रताको उपयोग गर्न पाईन्छ भन्ने तथ्यलाई आत्मसाथ गर्दै सरकारलाई सहयोग गर्नु हामी सबैको दायित्व हो । यसको असर तत्कालको संक्रमणबाट बच्नु मात्र नभएर भोलीका दिनमा नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने पनि हो, तथापी हाम्रो जस्तो अर्थतन्त्रमा यसको कस्तो प्रभाव पर्छ भन्नेमा हतार गर्नु पनी हुदैन । कोरोना कहरको यो चुनौती भित्र नेपाल जस्ता देशका लागी सम्भावना पनी हुन सक्छन ति आगामी दिनमा देखिने छन ।

नेपालमा आउने बेला बेलाका यस्ता जोखिम र विपद्हरुले पनी सरकारलाई पूर्ण रुपमा सजग गराउन सकेको छैन, विपद् व्यवस्थापन र जोखिम न्यूनिकरणमा संसारले धेरै फड्को मार्दा समेत हामी बर्षौ पछाडी छौ भन्नुमा गलत नहोला । देशका केही सक्षम जनशक्ती आज बिदेशी भुमीमा आफ्नो आबिष्कार र अनुसंधानको परिणाम कौडीको भाउमा बिदेशिलाई सुम्पन बाध्य छन भने देशमा रहेकाहरुलाई आवश्यक अनुसंधान र बिकासमा लगाउन सरकारले सकेको छैन । बर्तमानलाई सुन्दर बनाउदै आगामी पुस्तालाई सुरक्षित भबिष्यदिनु हाम्रो जिम्मेवारी पनी हो । नयाँ बर्ष २०७७ को यो सुखद क्षणमा बिगतका दुखदायी क्षणलाई बिर्सेर सकारात्मक सोचका साथ भोलिका दिनमा पर्न सक्ने विपद्को पूर्ब तयारीमा जुट्न सकौ, जोखिम न्युनिकरणका माटो सुहाउदो बिधीहरुको खोजि तथा बिकासमा लाग्दै देशमा अनुसंधान र बिकासका काममा अगाडी बढ्ने प्रेरणा सबैलाई मिलोस भन्ने शुभकामना ब्यक्त गर्दछौ ।

यस बिषम परिस्थितीमा कार्य क्षेत्रमा खटिनु भएका सम्पूर्ण स्वास्थकर्मीहरुको योगदानको उच्च कदर गर्दै बन्दाबन्दीलाई प्रभावकारी कार्यन्वयनको लागि महत्वपूर्ण भुमिका खेल्नुहुने नेपाल सैनिक, नेपाल प्रहरी, ससस्त्र प्रहरी लगायत  सबैमा हार्दिक नमन ब्यक्त गर्दछौ ।

साथै यस कठीन परिस्थितिको मुकाबिला गर्नका लागि सरकारद्धारा स्थापना गरिएको राष्ट्रिय बिपद न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा नीजि पहलमा स्थापना भएका विभिन्न जोखिम व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने संघ संस्थाहरुसंग हातेमालो गरी अघि बढ्नका लागि नेपाल बीमा तथा जोखिम व्यवस्थापन एशोसियसन प्रतिबद्ध रहेको जानकारी समेत गराउदछौ । भविष्यमा आई पर्ने बिभिन्न प्रकारका विपद् र जोखिम बिरुद्ध रणनितीक तयारीका लागी नेपाल सरकारलाई सहयोग गर्न यस एशोसियसन तयार रहेको व्यहोरा पनि जानकारी गराउंदछौं  ।

अन्त्यमा, नयाँ बर्ष २०७७ सबैका लागी फलदायी र गतिशिल बनोस, धन्यबाद ।

डा. रविन्द्र घिमिरे

अध्यक्ष

२०७७।०१।०१ सोमबार

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS