IME Life

विश्वभर कोरोनाबाट ६६५ जना नेपाली संक्रमित, १२ को मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारी नेपालमा त्यति धेरै नदेखिए पनि नेपाल बाहिर रहेका नेपालीहरु ठूलो मात्रामा संक्रमित भएको गैर आवासिय नेपाली संघले जनाएको छ । एनआरएनले गठन गरेको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जना कोरोना मुक्तको समितिले जनाएको छ । साथै समितिले विश्वभर १२ जना नेपालीको कोरोनाबाट मृत्यु भएको समेत जनाएको छ ।

कोरोनाबाट अमेरिकामा ५ सय, युकेमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्तुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरबमा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १, म्यानरमारमा १ र हङकंङमा १ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।

Prabhu
Crest

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको छ ।
विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको एनआरएनले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS