काठमाडौं । बिहिवार साँझ लागेको आगोबाट लुम्बिनी क्षेत्र नजिकै रहेको एक बस्तीका चार घर जलेका छन् । बिहिवार साँझ लागेको आगोबाट लुम्बिनी सांस्कृतिक नगरपालिका ४ खम्हेगाउँका चार जलेको स्थानीय प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार आगोलागीबाट सुरज नाउ, दुर्योधन नाउ, जोगिन्दर, रघुवीर नाउको घरहरु जलेका हुन् । आगोलागीको कारण खुल्न सकेको छैन । निम्न आएका भएका गरिब मानिसको घर जलेपछि खुल्ला आकाशमुनी रात बिताउन बाध्य भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घट्नाको बीमा दावी पर्ने सम्भावना न्यून रहेको जनाइएको छ ।