IME Life New

अमेरिकामा बिनाश निम्त्याउँदै कोरोना भाइरस, मृत्यु हुनेको संख्या १५ हजार नजिक, झण्डै साढे चार लाख संक्रमित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसको महामारीले अमेरिकामा ठूलो विनाश निम्त्याउने लगभग निश्चित देखिएको छ । केही दिनदेखि दैनिक ३० हजार भन्दा बढिले संक्रमित भइरहेको अमेरिमामा मृत्यृ हुनेको संख्या दुई दिनदेखि दैनिक दुई हजार हाराहारीमा छ । कोरोना भाइरसको कारण सिंगो अमेरिका आतंकित छ र यो अवस्थाको अन्त्य कहिले हुन्छ ? यसै भन्न सकिने अवस्था छैन ।

विश्वकै सर्वशक्तिमान अमेरिका आफ्ना देशको एक जना नागरिकका ज्यान जोगाउनको लागि युद्ध लड्न समेत तयार हुने देश हो । अहिले कोरोना भाइरसबाट दैनिक दुई हजारले ज्यान गुमाउँदा पनि उसको केही जोर चलिरहेको छैन । कोरोना महामारीका कारण प्रविधि, आर्थिक र वैज्ञानिक दृष्टिबाट सबैभन्दा शक्तिशाली अमेरिका आफै अन्योल र अनिर्णयको बन्दी बन्न पुगेको अवस्था छ ।

Crest

विश्वअर्थतन्त्रको केन्द्रबिन्दु रहेको अमेरिका कोरोना भाइरसको कारण आर्थिक अवस्था तहसनहस त हुने नै भयो, लाखौं बेरोजगारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने नयाँ नयाँ समस्याको सामना गर्नुपर्ने देखिएको छ । विश्व सुरक्षा र विश्व अर्थतन्त्रको चिन्तनबाट अघि बढ्ने अमेरिका आफ्नै देशमा नागरिकको सुरक्षा गर्न नसक्दा भयावह स्थितिको सामना गरिरहेको छ ।

वल्र्डमिटर्रको तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म १४ हजार ७९५ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको संख्या चार लाख ३५ हजार १२८ जना रहेका छन् । यति ठूलो संख्यामा संक्रमित भएकोमा जम्मा २२ हजार ८९१ जना मात्रै निको भएर घर फर्कन सफल भएका छन् ।

त्यस्तै अमेरिकापछि डरलाग्दो रुपमा फैलिनेमा स्पेन पुगेको छ । स्पेनमा एक लाख ४८ हजार २२० जना कूल संक्रमित छन् भने हालसम्म् १४ हजार ७९२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै इटालीमा सबैभन्दा धेरै अर्थात १७ हजार ६६९ जनाको मृत्यु भइसकेको छ । अबको केही दिनभित्रैमा अमेरिकाले इटालीलाई समेत उछिन्दै अघि बढ्ने निश्चित देखिएको छ । युरोपको अन्य राष्ट्रहरु जर्मनी र फ्रान्समा एक लाखभन्दा बढि संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या फ्रान्समा १० हजार ८६९ जना छन् भने जर्मनीमा तुलनात्मक रुपमा निकै कम अर्थात दुई हजार ३४९ जना मात्रै रहेका छन् । त्यस्तै अर्को एशियाली मुलुक इरानमा ६४ हजार संक्रमित भएकोमा तीन हजार ९९३ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसको उद्गम स्थल चीनमा ८१ हजार ८६५ जना संक्रमित भएकोमा तीन हजार तीन सय ३५ जनाको मृत्यु हुँदा लगभग नियन्त्रण गरेको अवस्था छ । कोरोनाको उद्गम स्थल चीनमा फैलने क्रम निकै न्यून छ । उद्गमस्थल वुहान ७६ दिनपछि हिजोबाट पूर्ण रुपमा सञ्चालनमा आएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS